कारोबार


८० वर्ष बढी उमेरका नागरिकलाई विमानमा ८० प्रतिशत छुट, आजैदेखि कार्यान्वयनमा

८० वर्ष बढी उमेरका नागरिकलाई विमानमा ८० प्रतिशत छुट, आजैदेखि कार्यान्वयनमा

फाइल तस्बिर


नेपालखबर
कात्तिक २, २०८२ आइतबार १६:२३, काठमाडौँ

८० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकले आन्तरिक हवाइ उडानमा टिकट किन्दा ८० प्रतिशत छुट पाउने भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा आइतबार बसेको वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीहरुका प्रतिनिधिहरुबीचको बैठकले ८० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकले हवाइ टिकटमा ८० प्रतिशत छुट प्रदान गर्ने सहमति गरेको हो। 

यस्तै, बैठकमा ७० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई हवाइ टिकटमा सरकारद्वारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरुमा ५० प्रतिशत छुट प्रदान गर्ने सहमति जुटेको छ। 

साथै, ७५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई ७० प्रतिशत छुट दिइनेछ भने फरक क्षमता भएका हवाइ यात्रुहरुको सन्दर्भमा समेत उक्तानुसारकै न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित हुनेगरी व्यवस्था गरिएको प्राधिकरणले जानकारी दिएको छ। 

सहमति भएका विषय आजकै मितिदेखि कार्यान्वयन गर्न प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई निर्देशन समेत दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad