कारोबार


कलंकीको गौरी पार्वती निर्माण कम्पनीलाई सरकारको प्रश्न: धोबाहा खोला पुलको ठेक्का किन नतोड्ने?

कलंकीको गौरी पार्वती निर्माण कम्पनीलाई सरकारको प्रश्न: धोबाहा खोला पुलको ठेक्का किन नतोड्ने?

फाइल तस्बिर


नेपालखबर
कात्तिक १, २०८२ शनिबार ११:५, काठमाडौँ

सडक विभागअन्तर्गत पुल महाशाखाले नवलपरासीस्थित धोबाहा खोलामा पुल बनाउने जिम्मा लिएको काठमाडौँको कलंकीस्थित गौरी पार्वती निर्माण सेवा प्राइभेट लिमिटेडसँग ठेक्का किन नतोड्ने भनेर सोधेको छ।

पुल महाशाखाले शनिबार सार्वजनिक सूचना जारी गरी सम्झौता भएको लामो समय भइसक्दा पनि काम सुरु नगरेकाले यस विषयमा १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिँदै चित्तबुझ्दो जवाफ र काम पूरा गर्ने विश्वसनीय आधार पेस नगरे ठेक्का तोड्न पक्रिया अघि बढाइने जानकारी गराएको हो। 

सूचनामा भनिएको छ, ‘तपसिलमा उल्लेखित निर्माण व्यवसायी तथा सडक विभाग, पुल महाशाखाबिच सम्झौता भई यस योजना कार्यालयको कार्यक्षेत्रमा पर्ने तपसिलमा उल्लेखित कार्य डिजाइन स्वीकृतिपश्चात् लामो समय व्यतीत हुँदा पनि निर्माण कार्य सुरु नगरेको, कार्यालयबाट पटकपटक मौखिक तथा लिखित रूपमा पत्राचार गर्दासमेत पनि निर्माण कार्य सुरु गर्नेतर्फ तदारुकता नदेखाएकाले निर्माण व्यवसायीबाट फन्डामेन्टल ब्रिच अफ कन्ट्र्या्कट भएको हुँदा सूचना प्रकाशनको मितिले १५ दिनभित्र कार्य सम्पन्न गर्ने संशोधित कार्यतालिका, स्रोतसाधन परिचालनको भरपर्दो तथा यथार्थपरक कार्ययोजना यथाशीघ्र कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का अन्त्य गर्नु नपर्ने कुनै मनासिब कारण भए सोको स्पष्टीकरणसहित सम्पूर्ण आधिकारिक व्यक्तिहरू यस कार्यालयमा उपस्थित हुन यो सूचना जारी गरिएको छ। आधिकारिक व्यक्तिहरू उपस्थित भई चित्त बुझ्दो स्पष्टीकरण तथा सत्यतथ्य प्रमाण र कार्य सम्पन्न गर्ने विश्वसनीय आधार पेस नभएमा ठेक्का सम्झौता सर्त तथा प्रचलित कानुनबमोजिम ठेक्का अन्त्य गर्नेतर्फ कारबाही प्रक्रिया अघि बढाइने बेहोरासमेत यसै सूचनामार्फत जानकारी गराइन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad