भदौ महिनामा वाणिज्य बैंकहरुको रियलस्टेट अर्थात् घरजग्गा क्षेत्रमा जाने कर्जा घटेको छ।
साउन महिनामा कुल १ खर्ब ९१ अर्ब बराबरको ऋण प्रवाह गरेका बैंकहरुले भदौ महिनामा त्यस्तो ऋण घटाएर १ खर्ब ९० अर्बमा झारेका हुन्।
भदौमा ७५ करोड ९१ लाख रुपैयाँले कर्जा प्रवाहमा कमी आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
यो तथ्यांक गत वर्षको सोही अवधिसँग तुलना गर्ने हो भने रियल स्टेटको कर्जा करिब ३.८ प्रतिशतले बढेको देखिन्छ।
गत वर्षको साउन र भदौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले रियलस्टेटमा १ खर्ब ८१ अर्ब बराबरको ऋण प्रदान गरेका थिए।
यो वर्ष भने १ खर्ब ९० अर्बको ऋण प्रदान गरेका हुन्।
147
Shares

प्रतिक्रिया