कारोबार


‘आउटडोर लाइफस्टाइल’ मा नयाँ मापदण्ड तय गर्दै जेइको ५ बीईभी

‘आउटडोर लाइफस्टाइल’ मा नयाँ मापदण्ड तय गर्दै जेइको ५ बीईभी

नेपालखबर
असोज २४, २०८२ शुक्रबार २१:५६, काठमाडौँ

विशेष गरी आउटडोर प्रयोजनको लागि लाइट अफ-रोड इलेक्ट्रिक एसयुभिको रूपमा प्रस्तुत गरिएको जेइको ५बीईभीले, नयाँ प्रविधी र विशेषताहरूमार्फत विशुद्ध इलेक्ट्रिक अफ–रोडिङको क्षेत्रमा एक नयाँ मापदण्ड तय गरेको छ।

यसको मुख्य आकर्षण भनेको सबै परिस्थितिको लागि बनाइएका अत्याधुनिक विशेषताहरू हुन्। त्यसै विशेषता अन्तर्गत छ वटा एआरडिआइएस अल-टरेन मोडहरूको सुविधा रहेको यो एसयूभीले सडकका विभिन्न चुनौतीपूर्ण अवस्थाहरूलाई सहजै पार गर्न मद्दत गर्दछ।

कम्पनीका अनुसार यो एसयूभीमा आउटडोरमा यात्रा गर्दा मान्छेमात्र होइन पाल्तु जनावर (पेट्स)हरूको पनि सुविधामा पनि विशेष ध्यान पुर्‍याइएको छ। जसअन्तर्गत श्रेणीकै उत्कृष्ट ‘पेट–फ्रेन्ड्लि इकोसिस्टम’ प्रस्तुत गरिएको छ। जसले पाल्तु जनावर(पेट्स)को खाना, आराम र यात्रासँग सम्बन्धित आवश्यकताहरू घरमा जस्तै सजिलै पूरा गर्दछ। यीनै कारणहरूले गर्दा जेइको ५ बीईभीले हरेक यात्रालाई अझ सुरक्षित, आरामदायी र आत्मीय बनाउँदछ।

जेइको ५ बीईभीले आधुनिक ग्राहकहरूको लागि ‘आउटडोर’ जीवनशैलीलाई पुन:परिभाषित गर्दछ। यो एसयूभी बाहिर आउटडोर एडभेन्चरको दौरान विभिन्न कठिन परिस्थितिहरू पार गर्न मात्र नभई दैनिक जीवनका हरेक यात्रालाई एक रमाइलो अनुभवमा रूपान्तरण गर्न डिजाइन गरिएको हो। जेइको ५ बीईभीले विशुद्ध इलेक्ट्रिक एसयुभिको प्राविधिक सीमालाई विस्तार गर्दछ।

ग्राहक केन्द्रित सुविधाको लागि प्रविधीको उत्कृष्ट प्रयोग गर्दै यसले बलियो ‘अल-टरेन’ क्षमता, श्रेणीमा अग्रणी आउटडोर इकोसिस्टम, र ‘पेट-फ्रेन्ड्लि’ सुविधा आदि विशेषताहरू प्रदान गर्दछ। यसले गर्दा जेइको ५ बिइभिले इलेक्ट्रिक युगको अफ-रोड कल्चरमा ग्राहकमाझ एक नयाँ ऊर्जा र उत्साह ल्याएको छ।

गत जुलाइमा, ओमोडा एन्ड जेइको पेरन्ट कम्पनी, ‘२०२५ फर्चुन ग्लोबल ५००’ सूचीमा २३३ औँ स्थानमा उक्लेको थियो। साथै, कुल निर्यात ५० लाख युनिट भन्दा बढी पार गर्दै ओमोडा एन्ड जेइकोले ‘डुअल ५००’ को ऐतिहासिक उपलब्धि हासिल गरेको थियो – जुन कम्पनिको ‘विश्वव्यापिकरण रणनीति’ मा महत्त्वपूर्ण प्रगति भएको प्रमाण हो।

ओमोडा एन्ड जोइकोको ब्रान्ड दृष्टिकोण युवापुस्तासँगको सहकार्यमार्फत सबैका लागि अझ उत्तम जीवन सिर्जना गर्ने हो। ओमोडा, विश्वकै अग्रणी क्रसओभर ब्रान्डको रूपमा स्थापित छ भने जेइको फ्रम क्लासिक, बियोन्ड क्लासिक दर्शनलाई अंगाल्दै, एक ग्लोबल ‘एलिगेन्ट अफ-रोड’ ब्रान्डको रूपमा स्थापित ब्रान्ड हो। यो ‘डुअल-ट्र्याक’ रणनीतिले दुबै ब्रान्डका लागि फरक र सशक्त प्रतिस्पर्धात्मक लाभ सिर्जना गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad