अहिले ‘मनी म्युल’ शब्द निकै चर्चामा छ। बैकिङ कारोबारमा ठगी गर्ने मनसायले अरुको खाता प्रयोग गर्ने बढेसँगै ‘मनी म्युल’ बन्ने ग्राहकको संख्या बढ्न थालेको हो।
नेपाल राष्ट्र बैंकले ‘मनी म्युल’ बन्दा आफ्नो सम्पत्ति गुम्नेमात्रै नभएर अरुको अपराधको भागिदारसमेत हुनसक्ने भन्दै सचेत गराएको छ।
‘मनी म्युल’ अरुको खातामा आफूले कारोबार गर्ने भनेको त्यस्तो व्यक्ति हो, जसले अरु व्यत्तिले अवैध रुपमा प्राप्त गरेको पैसा आफ्नो खातामार्फत रकम स्थानन्तरण गर्दछ।
‘मनी म्युल’ बन्नबाट कसरी बच्ने?
– आफ्नो बैंक खातामा अरुको पैसा नराख्ने वा अरुलाई खाता प्रयोग गर्न नदिने।
– लामो समयको सजिलो पैसा भन्ने जस्ता प्रस्ताव स्वीकार नगर्ने । यस्ता प्रस्ताव स्वीकार गरेको खण्डमा खातावाललाई जेल सजायसम्म हुन सक्छ।
– यस्तै आफ्नो खाता नम्बर, पासवर्ड र व्यक्तिगत विवरण नचिनेको व्यक्तिहरुलाई कहिल्यै नदिने।
Shares

प्रतिक्रिया