सेयरबजारमा आज ५८.५५ अंकको गिरावट आएको छ।
दशैँपछि खुलेको पहिलो कारोबार दिन नेप्से उक्त अंकले घटेर २६०४.९६ विन्दुमा ओर्लिएको हो।
यस दिन १ करोड ३ लाख कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यसबाट ४ अर्ब ६२ करोड ९० लाखको कारोबार भएको हो।
मंगलबार १६ वटा सेयरको मूल्य बढ्दा २३५ वटाको घटेको र एउटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
सेन्चुरी डिबेन्चर, एनआईसी एसिया ऋणपत्रलगायतका धितोपत्रहरु १० प्रतिशतसम्म बढे पनि भूगोल इनर्जी डेभलपमेन्ट, नेपाल पुनर्बीमालगायतका सेयर ९.९९ प्रतिशतसम्मले घटेका छन्। यस दिन युनियन हाइड्रोपावरको २८ करोडको कारोबार भएको छ।
यसबाहेक नेपाल पुनर्बीमाको १९ करोड, हिमालयन रिइन्स्योरेन्सको १२ करोडको कारोबार भएको छ। आज सेयरबजार पुँजीकरण ४३ खर्ब ५४ अर्बमा समेटिएको छ।
Shares

प्रतिक्रिया