कारोबार


अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो

नेपालखबर
असोज २०, २०८२ सोमबार ६:१६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य स्थिर छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा थियो।

यही असोज ८ गते अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक महँगो हो।

त्यसैगरि युरो १ को खरिददर १६६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६७ रुपैयाँ १४ पैसा छ। हिजो युरो १ को खरिददर १६६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा थियो।

त्यस्तै पाउन्ड १ को खरिददर १९१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८७ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १९० रुपैयाँ ६० पैसा र बिक्रीदर १९१ रुपैयाँ ४१ पैसा थियो। 

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ९३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९४ रुपैयाँ छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९३ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९९ पैसा थियो। 

त्यसैगरि कुवेती दिनार १ को खरिददर ४६४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ९२ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४६३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ३४ पैसा थियो। 

बहराइन दिनार १ को खरिददर ३७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५७ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५७ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् आजको लागि राष्ट्र बैंकले निर्धारण गरेका सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad