नेपाल वायुसेवा निगले सोमबार काठमाडौँ-भैरहवा-काठमाडौँ उद्धार उडान गर्ने भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निगमले भैरहवामा अलपत्र यात्रुको उद्धारका लागि उडानको व्यवस्था गरेको हो।
निगमको ए३२० विमान दिउँसो १ बजे काठमाडौँबाट भैरहवा उड्ने र भैरहवाबाट काठमाडौँका लागि २ बजेर ४५ बजेट छुट्नेछ।
काठमाडौँबाट जाँदा निगमले ५ हजार रूपैयाँ र भैरहवाबाट उड्दा ७ हजार रूपैयाँ भाडा तोकेको छ।
यस मानवीय उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुहरूलाई विशेष प्राथमिकतामा राखिने निगमले जनाएको छ।
साथै उडानमा यात्रा गर्न चाहने यात्रुले अनलाइनबाट पनि टिकट काट्न उक्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ।
(अनलाइनबाट टिकट बुक गर्न यहाँ क्लिक गर्नुहोस्)
यसबाहेक निगमको कार्यालय वा आधिकारिक एजेन्सीहरूमार्फत पनि सिट सुनिश्चित गर्न सकिने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निगमले समयमै टिकट बुक गर्न पनि भनेको छ।
भैरहवामा अहिले करिब ७ सय यात्रु अलपत्र रहेका छन्। नवरपरासीभन्दा पूर्वतर्फ शुक्रबारदेखि अधिक वर्षा भएको र स्थलमार्गहरू अवरूद्ध रहेको कारण पनि भैरहवामा यात्रुको चाप बढी भएको हो।
मौसमकै कारण शनिबार दिनभर उडान हुन सकेको थिएन।

Shares

प्रतिक्रिया