चाडवाडको समयमा मासु अरु बेलाको तुलनामा बढी खपत हुने गर्दछ। त्यसैले पनि यतिबेला काठमाडौंसहित अन्य सहरी क्षेत्रमा गाउँबाट आइ खसी, बोका, च्याङ्ग्रा र भेडा बेच्नेहरुको संख्या धेरै छ।
पश्चिमी क्षेत्र मुस्ताङदेखि काभ्रेपलाञ्चोकसम्मका खसी, बोकाहरू काठमाडौंमा ल्याइएको छ। तर विगतको तुलनामा कम बिक्री भएको खसी व्यपारीहरुले बताउँदै आएका छन्।
विपद्का कारण सडक सञ्जालहरुमा क्षति हुँदा अवागमन असहज बनेको गुनासो उनीहरुको छ। काठमाडौंका भृकुटीमण्डप, कलंकीको खसी बजार, खाद्य व्यापार कम्पनीका खसी बोकाहरु किन्ने क्रम अहिले जारी छ।
42
Shares

प्रतिक्रिया