कारोबार


शिक्षामन्त्री पुनको चेतावनी: शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही

शिक्षामन्त्री पुनको चेतावनी: शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही

नेपालखबर
असोज ११, २०८२ शनिबार ८:१७, काठमाडौँ

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार (असोज १२ गते) सम्म शिक्षकहरूलाई तलब नदिने विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएका छन्। 

मन्त्री पुनले शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै दसैँ-तिहारका बेला तलब निकासा नभएको भन्दै शिक्षकहरूबाट व्यापक गुनासो आइरहेकाले आइतबारसम्म उपलब्ध गराउन निर्देशन दिएका हुन्। 

शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठासकेको जानकारी दिँदै आइतबारसम्म शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध नगराए सम्बन्धित प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिने मन्त्री पुनले बताएका छन्। 

उनले भनेका छन्, ‘तलब नख्वाउने प्रअहरूलाई सूचना- दसैँ-तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरिदिएन भनेर धेरै गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाइसकेको छ। भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad