राजनीति


राष्ट्रपति र प्रधानमन्त्रीबीच फेरि भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच फेरि भेटवार्ता

नेपालखबर
असोज १०, २०८२ शुक्रबार १३:२२, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज बिहान शीतल निवासमा भेटवार्ता भएको छ।

शीतल निवास स्रोतले नेपालखबरलाई दिएको जानकारीअनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच आज अनौपचारिक भेटवार्ता भएको हो। 

भेटमा दुई जनाबीच समसामियक विषयमा छलफल भएको जानकारी दिँदै स्रोतले विस्तृत खुलाएन।  

यसअघि बुधबार मात्र उनीहरूबीच भेटवार्ता भएको थियो। त्यसपछि राष्ट्रपति पौडेलले मतदाता नामावली ऐन २०७३ संशोधन गर्न बनेको अध्यादेश जारी गरेका थिए। 

यसपछि फेरि राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री कार्की आज शीतल निवास पुगेकी हुन्। 

जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारको काँधमा फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गराउनुपर्ने मुख्य जिम्मेवारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad