कारोबार


टाटाका गाडीमा विशेष छुट र सुविधा

टाटाका गाडीमा विशेष छुट र सुविधा

नेपालखबर
असोज ९, २०८२ बिहिबार १७:२७, काठमाडौँ

सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकलाई खुसी र उत्साह थप गर्ने उद्देश्यसहित ‘शानदार दशैँ–तिहार अफर’ सार्वजनिक गरेको छ।

कम्पनीले यस अफरमार्फत आफ्ना लोकप्रिय इलेक्ट्रिक मोडेलदेखि इन्टरनल कम्बसन इन्जिन मोडेलसम्म विशेष छुट र आकर्षक सुविधासहित प्रस्तुत गरेको हो।

सिप्रदी टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक हो।

चाडपर्वको रमाइलो माहोलमा ग्राहकहरूले टियागो.ईभी, पञ्च.ईभी, नेक्सन के३.ईभी र कर्भ.ईभी जस्ता नयाँ पुस्ताका इलेक्ट्रिक गाडीहरू छनौट गर्न सक्नेछन्, जसले यात्रामा नयाँ अनुभव, सहजता र आधुनिकतासहितको आत्मविश्वास दिलाउनेछ। 

त्यस्तै, पेट्रोल तथा डिजेलप्रति आकर्षित ग्राहकका लागि टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आईसिई मोडेलहरूमा विशेष अफरहरु रहेको छ।  

इलेक्ट्रिक गाडी खरिद गर्ने ग्राहकका लागि जीवनभर निःशुल्क डिसी फास्ट चार्जिङ सुविधा उपलब्ध गराइनेछ। यससँगै निःशुल्क होम चार्जिङ इन्स्टलेसन, एक वर्षको सवारी कर छुट, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, सम्पूर्ण बीमा कवरेज, विभिन्न एक्सेसोरिज उपहार र आकर्षक छुटको सुविधा पाउनेछन्। साथै लक्की ड्रमार्फत  भाग्यशाली विजेताले माल्दिभ्सको कपल ट्रिप जित्ने बम्पर पुरस्कार पनि पाउनेछन्।  

त्यस्तै, पेट्रोल र डिजेलका गाडीहरू रोज्नेहरूका लागि पनि उत्तिकै आकर्षक अफरहरू छन्। टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आइस मोडेलमा नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, एक वर्षको सवारी कर छुट, आकर्षक एक्सेसोरिज र इम्बोस्ड नम्बर प्लेटको सुविधा प्राप्त गर्न सकिनेछ । कम्पनीका अनुसार, यस अफरमार्फत ग्राहकले नगद छुटमै पाँच लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्।

सिप्रदी ट्रेडिङ प्रा.लि.ले आफ्नो देशभर रहेका सबै शोरुममार्फत यो अफर उपलब्ध गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad