नेपाल राष्ट्र बैंकले चाडपर्वलाई मध्यनजर गर्दै वालेटमा पैसा जम्मा गर्ने सीमा बढाएको छ।
केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गरी दशैँ, तिहार र छठमा यस्तो सुविधा दिएको हो।
राष्ट्र बैंकका अनुसार योसँगै अब प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सकिनेछ। यसअघि १० पटकसम्म बढीमा रकम जम्मा गर्न सकिने व्यवस्था रहेको छ।
सीमा संख्या अस्थायी रुपमा मात्र बढाइएको हो। सोअनुसार दशैँमा असोज १३ देखि २१ गतेसम्म, तिहार र छठमा कात्तिक ३ देखि १० गतेसम्म बढीमा ४० पटकसम्म रकम जम्मा गर्न पाइनेछ।

60
Shares

प्रतिक्रिया