अध्यागमन विभागले बडा दसैँको सार्वजनिक बिदाको अवधिमा पनि सेवा जारी राख्ने जनाएको छ।
दसैँको टीकाको दिनबाहेक अन्य सबै दिन विभागको पर्यटक भिसा र एजेन्सी शाखा खुला रहने भएको हो।
यही असोज १६ गते विजया दशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन रहने विभागले जनाएको छ।
विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले एक सूचना प्रकाशित गरी यस अवधिमा हुने सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने जानकारी दिएका हुन्।
135
Shares

प्रतिक्रिया