कारोबार


जेनजीको आन्दोलनपछि खाद्यले ल्याएन खसीबोका र च्यांग्रा

जेनजीको आन्दोलनपछि खाद्यले ल्याएन खसीबोका र च्यांग्रा

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०८२ आइतबार १४:१२, काठमाडौँ

दशैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले खसीबोका तथा च्यांग्रा नबेच्ने भएको छ।

सुपथ मूल्यमा उपत्यका बाहिरका विभिन्न स्थानबाट ल्याउने गरी प्रक्रिया सुरु गरे पनि बीचमै रोकेको हो। 

कम्पनीका सूचना अधिकारी माधव मिश्रले राजनीतिक अस्थिरताका कारण यस पटक खसीबोका बिक्री नगरिने जनाए।

‘राजीनितक अस्थिरता र विभिन्न ठाउँमा भएका बाटो अवरुद्धले पनि यस पटक खसीबोका र च्यांग्रा विक्री नगर्ने निर्णय भएको हो’, उनले नेपालखबरसँग भने। 

सदाझैँ यस पटक पनि कम्पनीले १८ सय वटा खसीबोका र च्यांग्रा उपत्यकामा ल्याएर बेच्ने योजनामा थियो । जसका लागि  अनलाईन बुकिङ पनि खुला गरिएको थियो। 

सूचना अधिकारी मिश्रका अनुसार २० वटासम्म अनलाईन बुकिङ भइसकेपछि सबै बुकिङ रद्ध गरेर कम्पनीले बिक्रीलाई रोकेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad