कारोबार


कर्मचारी सरुवामा कुलमान– ‘राइट म्यान इन राइट प्लेस इन राइट टाइम’

‘नडराई काम गर्नुस्, १८ घण्टा खटिनुस्’
कर्मचारी सरुवामा कुलमान– ‘राइट म्यान इन राइट प्लेस इन राइट टाइम’

नेपालखबर
भदौ ३०, २०८२ सोमबार १५:२७, काठमाडौँ

ऊर्जासहित तीनवटा मन्त्रालय सम्हालेका सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले कर्मचारी सरुवामा आफ्नो मूल मन्त्र नै ‘राइट म्यान इन राइट प्लेस इन राइट टाइम’ रहेको बताएका छन्। 

यसैको परिपालना गर्दै कार्यमा खटिने उनले बताएका हुन्।

मन्त्रीको पदभार ग्रहणपछि उनले कार्यकक्षमा कर्मचारी सरुवामा उपय्ुक्त मान्छेले उपयुक्त जिम्मेवारी पाउने उल्लेख गरे। 

‘कर्मचारी सरुवा, जिम्मेवारी प्रदानमा सुनिएका विगतका अनियमिततालाई निर्मूल गरिनेछ’, उनले भने, ‘उपयुक्त मान्छेलाई उपयुक्त जिम्मेवारीलाई कडाइसाथ लागू गरिनेछ। प्रतिशोध गरिनेछैन।’ 

उनले कर्मचारीहरुलाई असल नियतले ढुक्क भएर काम गर्न आग्रह गरे। 

‘नडराई काम गर्नुहोला, राम्रो काम गर्नेलाई राम्रो जिम्मेवारी दिइनेछ। अहिलेको अवस्था हेरेर काम गर्नुहोस्, कसैप्रति पूर्वाग्रही हुनेछैन। द्रुतगतिमा काम गर्नुहोला। निर्णयहरु फास्ट ट्राकमा काम गर्नुस्। १८ घण्टा खटिनुस्।’, उनले भने।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad