कारोबार


‘आउनुस्, विगतलाई बिर्सेर विश्वमाझ नेपाललाई महान् बनाऔँ !’

‘आउनुस्, विगतलाई बिर्सेर विश्वमाझ नेपाललाई महान् बनाऔँ !’

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १६:३, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष तथा सीजी होल्डिंग्सका व्यवस्थापकीय निर्देशक एवं प्रमुख कार्यकारी करण चौधरीले विगतलाई बिर्सिएर राष्ट्र निर्माणमा जुट्न आह्वान गरेका छन्। 

उनले विगत केही दिन कसैले नचाहेका पीडादायी क्षणहरु भए पनि यसलाई पछाडि छोडिसकेकाले अब यसलाई नेपाललाई नयाँ उचाइमा पु¥याउने अवसर भएको बताएका छन्। 

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘गत केही दिनहरूले हामीलाई एउटा सत्य सिकाएका छन्, जब आवाजहरू एकताबद्ध हुन्छन्, तब त्यो आवाज परिवर्तनको गर्जन बन्छ। त्यो परिवर्तन, जसले हाम्रो पुस्ता मात्र होइन, हाम्रो सन्तानको भविष्य उज्यालो बनाउँछ। हो, केही पीडादायी क्षणहरू भए, जसलाई हामी सबैले चाहेनौँ। तर विगतलाई हामी पछाडि छोडिसक्यौँ। आजको दिन हाम्रो हातमा छ। अहिलेको जिम्मेवारी हाम्रो काँधमा छ।’

उनले यो क्षण हामी सबैको भएकाले यसलाई नेपाललाई नयाँ उचाइमा पु¥याउनले अवसरका रुपमा लिनुपर्ने बताएका हुन्। नेपाली दाजुभाइ तथा दिदीबहिनीका नाममा आह्वान गर्दै उनले वाचा गरेर सचेत नागरिक बन्ने, अनुशासनलाई धर्म बनाउने र मातृभूमिको सेवामा आफ्नो सबै शक्ति अर्पण गर्ने बेला आएको बताएका छन्। 

‘यो हाम्रो क्षण हो, नेपाललाई नयाँ उचाइमा पु(याउने अवसर हो। आउनुहोस्, हामी सबैले वाचा गरौँ, सचेत नागरिक बन्ने, अनुशासनलाई आफ्नो धर्म ठान्ने, र मातृभूमिको सेवामा आफ्नो सम्पूर्ण शक्ति अर्पण गर्ने। हिमाल सार्न जरुरी छैन, तर हरेक दिन, हरेक काममा आफ्नो प्राणको पसिना हालेर १००५ दिने हाम्रो दायित्व हो’, करणले भनेका छन्, ‘म यो भूमिको माटोसँग शपथ लिन्छु, मेरो हृदयको हरेक धड्कन, मेरो रगतको हरेक थोपा, यस राष्ट्रको सेवामा समर्पित हुनेछ। म पुनः निर्माण गर्नेछु, बलियो बनाउनेछु, र नेपाललाई अघि बढाउनेछु।’

देशले सबैथोक दिएकाले अब हामीले नै मिलेर विश्वमाझ नेपाललाई महान् बनाउनुपर्ने उनको आह्वान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad