नेपालमा व्यवसाय सञ्चालन गरिरहेका उपभोग्य सामान कम्पनीहरुले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका छन्।
इन्डिया टाइम्सका अनुसार पेप्सिकोको बोटलर वरुण बेभरेज, डाबर, आईटीसी, मरिको र एचयूएलले नेपालमा उनीहरुको भारतीय सूचीकृत कम्पनीमार्फत व्यवसाय गरिरहेका छन्।
वरुण बेभरेजको नेपाली व्यवसायले ३ प्रतिशत राजस्व योगदान गर्ने रिलायन्स कन्जुमर प्रडक्ट्स पनि जुलाईमा मात्रै यही वर्ष क्याम्पा सफ्ट ड्रिंक्समार्फत नेपाली बजारमा प्रवेश गरेको थियो। उसले चौधरी ग्रुपसँग साझेदारी गरी नेपालमा प्रवेश गरेको हो।
प्याकेज सामान र आतिथ्य क्षेत्रमा दर्जनौँ भारतीय कम्पनीहरुले नेपालमा व्यवसाय गर्छन्।
उनीहरुले नेपालको भारतसँगको भौगोलिक कठिनाइमा पनि चिन्ता गर्दै आएका छन्। त्यसैगरी साझेदारहरुको सुरक्षालाई लिएर पनि चिन्तित रहेको बताइरहेका छन्।
नेपालमा यही वर्ष जुलाईमा चौधरी ग्रुपसँग रणनैतिक साझेदारी गर्दै संयुक्त उपक्रमका लागि बिकाजी फुड्स इन्टरनेशनलले हस्ताक्षर गरेको थियो। समान सेयर हिस्सामा खडा हुने कम्पनीले बिकाजी फुड्सको पोर्टफोलियोलाई व्यापार र बजार विस्तार गर्नेछन्।
Shares

प्रतिक्रिया