जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा परेको असर र प्रभाव समाधानको विषयमा नेपाल पर्यटन बोर्ड र सरोकारवाला निकायबीच संकट व्यवस्थापन बैठक बसेको छ।
पर्यटन बोर्ड र सरोकारवाल निकायबीच विदेशबाट आउने पर्यटकहरूको सहजीकरण र अलपत्र परेका पर्यटकहरूको व्यवस्थापनका लागि अनलाइन संकट व्यवस्थापन बैठक भइरहेको होटल एसोसियसन नेपाल (हान)का सीईओ टेक महतले जानकारी दिए।
उक्त बैठकमा होटल एसोसियसन नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा), प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा), नेपाल पर्वतारोहण संघ (एनएमए), ट्राभल तथा ट्रेकिङ एजेन्सी लगायतको सहभागिता छ।
छलफलमा सरोकारवालाहरुको क्षेत्रमा आईरहेको समस्या तथा पयर्टकहरुको कसरी व्यवस्थापन भइरहेको विषय पनि छलफलमा उठाइएको छ। पर्यटकहरुको अवस्था कस्तो छ।
आगामी दिनमा कस्तो रणनीति अपनाउने भन्ने विषयले पनि छलफलमा प्राथमिकता पाएको उनले जानकारी दिए।
आन्दोलनका कारण होटलहरुमा भएको तोडफोड तथा आगजानीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि कस्तो गएको त्यसलाई कसरी फर्काउने भन्ने विषयमा छलफल भइरहेको छ।
साथै, पयर्टकहरुको मनोविज्ञान कस्तो रहेको भन्ने विषय पनि बुझ्न सरोकारवालसँग आग्रह गरिएको छ।
Shares

प्रतिक्रिया