कारोबार


निषेधाज्ञाकै बीच ४ घण्टाका लागि खुले बैंक

निषेधाज्ञाकै बीच ४ घण्टाका लागि खुले बैंक

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०८२ बिहिबार १०:५०, काठमाडौँ

निषेधाज्ञाकै बीच काठमाडाैँ उपत्यकामा बैंकहरू खुल्न थालेका छन्। 

गएकाे सोमबार जेनजी आन्दोलले उग्र रुप लिए सँगै बन्द भएका बैंकहरू बिहीबारदेखि पुन: सञ्चालनमा आएका हुन्।

आन्दोलका क्रममा विभिन्न स्थानका बैंकहरूमा आगजनी तथा लुटपाट भएको थियो। 

नगन्य क्षतिकैबीच बैंकका सीईओहरूको संगठन बैंकर्स संघले बिहीबार चार घण्टाका लागि बैंकहरू खुलाउने निणर्य गरेको हो। बिहीबार बिहान १० बजेदेखि सञ्चलनमा आएका बैंक दिउँसाे २ बजेसम्म खुला रहनेछन्। संघले अधिकतम तीनवटा शाखासम्म खाेल्न भनेकाे छ।

संघको निर्णय पालाना गर्दै अहिले काठमाडाैँका बाणिज्य बैंकहरूले आफ्ना शाखा कार्यलयहरूबाट सेवा दिइरहेका छन् भने विकास बैंकहरूले पनि फाट्टफुट्ट रुपमा सेवा दिन थालेका छन्।

यो सँगै अन्य वित्तीय सेवा प्रदायक संस्थाहरूले पनि आजबाट आंशिक रूपमा सेवा सुचारु गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad