कारोबार


उद्योग वाणिज्य महासंघको जुम मिटिङमा उद्योगी र उद्योगको सुरक्षाबारे छलफल

उद्योग वाणिज्य महासंघको जुम मिटिङमा उद्योगी र उद्योगको सुरक्षाबारे छलफल

फाइल तस्बिर


नेपालखबर
भदौ २५, २०८२ बुधबार १८:४२, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले जुम मिटिङ गरेको छ। 

देशको विकसित राजनीतिक घटनाक्रमबारे जुम मिटिङमा छलफल भएको हो। 

सबै व्यवसायीहरुलाई उच्च मनोबल राख्न, उद्योग व्यवसाय निरन्तर चलाउन र रोजगारी दिन, शान्ति सुरक्षा र अमनचयन कायम राख्न सहयोग गर्न, घायते र पीडितको साथमा उभिन आग्रह गर्ने निर्णय गरेको बैठकमा सहभागी एक व्यवसायीले बताए। 

उनले बैठकमा भएको छलफलबारे भने, ‘विगत दुई दिनको घटना क्रमले हामी सबैलाई गहिरो आघात पुर्‍याएको छ। हाम्रो मनोबल न्युन छ, विचारहरु भिरभिराएको छ। हामीले ऋण लिएर उद्योग सुरु गरेका हौं, लाखौं जनालाई रोजगारी दिएका हौँ, राज्यका नियम र कर बुझाउँदै देशको विकासमा हातेमालो गरिरहेका हौँ।’

तर राजनीतिक नेतृत्वका केही व्यक्तिका गल्तीका कारण उद्योग, घर र परिवारमा हमला हुनु कर्तव्य नहुने भन्दै जेनजीलाई भनिएको छ, ‘हाम्रो सानो प्रयासको मूल्य यो हुँदैन। हामीले १२ वर्षे माओवादी संघर्ष, तराई आन्दोलन, ६२÷६३ का आन्दोलन झेलेर पनि यहाँ केही गर्नुपर्छ भनी उद्योग सुरु गरेका छौँ। हाम्रो मनोबल कमजोर छैन, हामी अझ जुझारु छौँ।’ 

दुई ठूला अर्थतन्त्र भएका देशबीच रहेर पनि व्यवसाय गरिरहेको भन्दै बैठकमा फेरि उद्योग विस्तार गर्न सकिने, रोजगारी सिर्जना गर्न सकिने, देशको विकासमा हातेमालो गर्न सकिनेबारे छलफल भएको थियो। 

तर यसका लागि पहिलो शर्त नै शान्ति, सुरक्षा र व्यक्तिगत जीवनधनको सुरक्षा भएकाले राज्यले यसमा गम्भीर ध्यान दिनुपर्ने निष्कर्ष निकालिएको ती व्यवसायीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad