कारोबार


त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

नेपालखबर
भदौ २५, २०८२ बुधबार १२:२५, काठमाडौँ

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ। 

उपत्यकामा जारी भएको निषेधाज्ञा, कर्फ्यु आदेश, उपत्यकाभित्रको विषम परिस्थितिलगायत विमानस्थलवरपर उडान मार्गमा देखिएको धूवाँका कारण सुरक्षालाई ध्यान दिँदै विमानस्थल बन्द गरिएको हो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचना जारी गरी विमानस्थल बन्दबारे जानकारी दिएको हो। 

सोही कारण विमानस्थलमा नआउन विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले आग्रह गरेको छ। 

‘विमानस्थल खुलेको सूचना पाएपश्चात् सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी मात्र विमानस्थलमा आउनुहुन सबै यात्रुमा अनुरोध गर्दछौँ’, सूचनामा भनिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad