कारोबार


एनसेलले २ दिनका लागि लोकल भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा निःशुल्क दिने

एनसेलले २ दिनका लागि लोकल भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा निःशुल्क दिने

फाइल तस्बिर


नेपालखबर
भदौ २५, २०८२ बुधबार ९:२१, काठमाडौँ

दूरसंचार प्रदायक संस्था एनसेलले आगामी दुई दिनका लागि लोकल भ्वाईस कल, इन्टरनेट र एसएमएस सेवा निःशुल्क दिने भएको छ। 

एनसेलले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। 

एनसेलले देशभरमा हालै विकसित भएको दुर्भाग्यपूर्ण घटनाक्रमबाट अत्यन्तै मर्माहित भएको जनाएको छ। यो दुःखद घडिमा एनसेलले मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ। 

उसले आम उपभोक्तालाई परिवर्तन र संकटको समयमा देश विदेशमा रहेका आफन्तजनहरुसँग सम्पर्क निरन्तर कायम राख्न सहयोग पुगोस् भन्ने उद्देश्यले सेवा निशुल्क गरेको जनाएको छ। 

मंगलबार एनसेलको केन्द्रीय कार्यालयमा आन्दोलनकारीहरु प्रवेश गरेर तोडफोड गरेका थिए। दूरसञ्चार जस्तो अत्यावश्यक तथा सार्वजनिक सम्पत्तिमाथि क्षति भएमा समग्र सेवामा अवरोध उत्पन्न भई उपभोक्ताहरुलाई मर्का पर्ने भन्दै एनसेलले अत्यावश्यक सेवा तथा सम्पत्तिमाथि कुनै पनि क्षति नपुर्‍याइदिन पनि सम्पूर्णमा अनुरोध गरेको छ।  

‘उपभोक्ताहरुलाई सहज सञ्चारको पहुँच सुनिश्चितताको लागि आजदेखि लागु हुने गरी अगामी दुई दिनका लागि निःशुल्क लोकल भ्वाईस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराएको जानकारी गराउँदछौँ,’ एनसेलले विज्ञप्ति जारी गर्दै भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad