नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स ले प्रतिक्षित ‘ग्रेटनेस इन एभ्री मुमेन्ट, इन्सपायर एभ्री सेलिब्रेसन’ नामक दसैँ–तिहार अभियानको सुरुवात गरेको छ। यस विशेष योजनामार्फत टीसीएल ले चाडपर्वको अवसरमा ग्राहकहरूलाई खुसी दिने कम्पनीको लक्ष्य छ।
अभियान अन्तर्गत ग्राहकहरूले रु. २ लाख ८ हजार २ सयसम्मको आकर्षक नगद छुटका साथै पक्का उपहारहरू पनि प्राप्त गर्न सक्नेछन्।
यस योजनाका मुख्य आकर्षणहरू यस प्रकार छन्:
टीसीएल साइड बाइ साइड रेफ्रीजेरेटर को खरिदमा निःशुल्क वाटर डिस्पेन्सर।
टीसीएलको कुनै पनि वासिङ मेसिनको खरिदमा ६ केजी एरियल डिटर्जेन्ट।
४३ इन्च वा सोभन्दा ठूलो टीसीएल टीभीको खरिदमा ९ महिनाको नेट टीभीको निःशुल्क सदस्यता
यो अभियान भदौ १९ देखि सीमित अवधिका लागि नेपालभरिका सम्पूर्ण आधिकारिक शोरूमहरू र बिक्रेताहरूमा लागू हुने कम्पनीले जनाएको छ।
टीसीएल विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड मध्ये एक हो। स्मार्ट टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एअर कन्डिसनर लगायतका अत्याधुनिक उत्पादनका कारण टीसीएल विश्वभर नवप्रवर्तन र गुणस्तरीय प्रविधिका लागि चिनिन्छ।
सीजी इलेक्ट्रोनिक्स नेपालमा कन्ज्युमर डुराबल्स वितरण गर्ने अग्रणी कम्पनी हो, जसले अन्तर्राष्ट्रिय स्तरका ब्राण्डहरुलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।
ग्राहक–मैत्री सेवा, मजबुत वितरण सञ्जाल र दीर्घकालीन विश्वसनीयताका कारण सीजी इलेक्ट्रोनिक्स उपभोक्ताहरूमाझ एक भरोसायोग्य नाम बनेको छ।
नेपालको सबैभन्दा ठूलो पर्वको अवसरमा टीसीएल र सीजी इलेक्ट्रोनिक्स सँगै नेपाली ग्राहकहरुलाई उत्कृष्ट प्रविधि र अभूतपूर्व अनुभव दिने लक्ष्य लिएको जनाएको छ।
Shares

प्रतिक्रिया