कारोबार


नेपालमा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनार पनि महँगिए
नेपालमा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च

नेपालखबर
भदौ २१, २०८२ शनिबार ५:२०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

मूल्य बढेर आज अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महँगो भएको छ। त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको पनि मूल्य बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो। 

हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ७४पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा थियो। यही भदौ १३ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा पुगेर घटेको थियो। 

त्यसैगरि आज युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा छ। हिजो युरो एकको खरिददर १६३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५७ पैसा थियो। 

त्यस्तै आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ७३ पैसा छ। हिजो आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा थियो। 

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा थियो। 

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ०१ र बिक्रीदर ४६२ रुपैयाँ ९७ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ २२ र बिक्रीदर ४६२ रुपैयाँ १८ पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४१ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९० पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेका सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad