सरकारले नेपाल स्टक एक्सचेन्ज र नेपाल पुनर्बिमा कम्पनीमा अध्यक्ष नियुक्त गरेको छ।
नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा हेमन्त बस्याल र पुनर्बिमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका हुन्। अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीस्तरीय निर्णय गरी यो नियुक्ति दिएका हुन्।
बस्यालले एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकारी थिए।
पौडेलले यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक, हेटौँडा सिमेन्टको महाप्रबन्धक भएर काम गरिसकेका छन्।
435
Shares

प्रतिक्रिया