कारोबार


बिमाकोषबाट कम्पनीहरूले खर्ब बढी रकम सेयरबजारमा लगानी गर्न पाउने

बिमाकोषबाट कम्पनीहरूले खर्ब बढी रकम सेयरबजारमा लगानी गर्न पाउने

नेपालखबर
भदौ १८, २०८२ बुधबार १७:५०, काठमाडौँ

जीवन बिमा कम्पनीहरुले बिमाकोषबाट सेयरबजारमा खर्ब रुपैयाँभन्दा बढी लगानी गर्न पाउने भएका छन्।

नेपाल बिमा प्राधिकरणले लगानीसम्बन्धी नयाँ निर्देशन जारी गर्दै जीवन बिमा कोषको १५ प्रतिशत रकम सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था गरेको हो।

प्राधिकरणले बिमकको लगानीसम्बन्धी निर्देशन, २०८२ जारी गर्दै नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरुको संस्थापक वा साधारण सेयरमा कुल लगानीको १५ प्रतिशत रकम लगानी गर्न पाउने व्यवस्था गरेको छ। यसअघि जीवन बिमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउँथे।

प्राधिकरणले जीवन बिमा कम्पनीहरुको लगानीलाई सहजीकरण गर्दै खुकुलो व्यवस्था गरेको हो। यसअनुसार कम्पनीहरुले सेयरबजारमा लगानी बढाउन सक्नेछन्।

जीवन बिमा कम्पनीहरुसँग गत असार मसान्तसम्म लगानी गर्नका लागि बिमाकोषमा ७ खर्ब ५७ अर्ब ३६ करोड रुपैयाँ छ। जसमा कोषबाट साधारण तथा संस्थापक सेयरमा ७५ अर्बसम्म लगानी गर्न पाए पनि कम्पनीहरुले घटेको सेयरबजारमा लगानी गर्न चाहेका थिएनन्।

असार मसान्तसम्म १४ जीबन बिमा कम्पनीहरुले कुल लगानीको ४.०३ प्रतिशत अर्थात् ३० अर्ब ५ करोड मात्रै लगानी गरेका थिए। 

निर्देशनअनुसार अब बिमा कम्पनीले कुल बिमाकोषको १५ प्रतिशत लगानी गर्न पाउनेछन्। हाल ७ खर्ब ५७ अर्बको कोष रहेको छ। यसको १५ प्रतिशतले हुने १ खर्ब १३ अर्बसम्म उनीहरुले लगानी गर्न पाउनेछन्। 

योबाहेक नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा लगानी गर्न पाउने सीमा पनि ३० प्रतिशतबाट बढाएर ३५ प्रतिशत बनाइएको छ। त्यसैगरी विकास बैंकमा गर्न पाउने लगानीको सीमा १० प्रतिशतबाट १४ प्रतिशत र वित्तीय संस्थाहरुमा गर्न पाउने लगानी पनि ५ प्रतिशतबाट ७ प्रतिशतमा पुर्‍याइएको छ। 

योबाहेकका अन्य क्षेत्रहरुमा गर्ने लगानीको सीमामा निर्देशनले कुनै फेरबदल गरेको छैन। नयाँ निर्देशनले जीवन बिमा कोषको रकम १२ वटा क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था गरेको हो।

जीवन बिमा कोषमा लगाइएको सीमा निर्जीवन, लघुबिमा र पुनर्बिमामा पनि समान किसिमको सीमा कायम गरेको छ।

हेर्नुहोस् बिमकको लगानीसम्बन्धी निर्देशन, २०८२:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad