कारोबार


सेबोन अध्यक्षको सेयर रहेको बुंगल हाइड्रोको आईपीओ निष्काशनमा

सेबोन अध्यक्षको सेयर रहेको बुंगल हाइड्रोको आईपीओ निष्काशनमा

नेपालखबर
भदौ १६, २०८२ सोमबार ११:४८, काठमाडौँ

बुंगल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आजबाट प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गरेको छ। 

कम्पनीले वैदेशिक रोजगारीमा गएका श्रमिक र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि निष्काशनपछि आजबाट सर्वसाधारणका लागि निष्काशनमा  ल्याएको हो। 

कम्पनीले जारी पुँजी ८३ करोडको ३५ प्रतिशत अर्थात् २९ करोड ५० लाख रकम बराबरको २९ लाख ५ हजार कित्ता सेयर निष्काशन गरेको छ। यसअन्तर्गत पहिलो चरणमा वैदेशिक रोजगारीमा गएकाहरुको लागि २ लाख ७ हजार ५ सय कित्ता र आयोजना प्रभावितका लागि ८ लाख ३० हजार कित्ता सेयर निष्काशनमा गरेको थियो।

कम्पनीले बाँकी रहेको सेयर भने कम्पनीले सर्वसाधारणलाई दोस्रो चरणमा सेयर निष्काशन गर्ने तालिकाअनुसार १७ लाख १ हजार ५ सय कित्ता सर्वसाधारणका लागि जारी गरेको हो।

यो आईपीओमा आजबाट साउन १९ सम्म आवेदन दिन सकिनेछ। धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र उनको परिवारको सेयर रहेको यो कम्पनीको प्रतिसेयर नेटवर्थ भने ९२ रुपैयाँ १६ पैसा मात्रै छ।

२५ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएको कम्पनीको हकमा त्यस्तो कम्पनीको कुल चुक्ता पुँजीको एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएको भए पनि आधारभूत सेयर स्वामित्व रहेको मानिने व्यवस्था छ।

कम्पनी ऐन अनुसार आधारभूत सेयर मात्रै प्रोस्पेक्टस (विवरणपत्र) मा राखिने व्यवस्थाअनुसार बुंगलको ५३ करोडको चुक्ता पुँजीअनुसार १ प्रतिशतभन्दा माथिका सेयरधनीको मात्रै नाम राखिएको हो।

यसमा सन्तोषनारायणको ०.६२ प्रतिशत सेयर रहेको छ। सोही कारण उनको नाम नराखिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad