कारोबार


दसैँ नजिकिँदा पनि बैंकहरूमा तरलता फालाफाल, आइतबार ५५ अर्ब तान्दै राष्ट्र बैंक

दसैँ नजिकिँदा पनि बैंकहरूमा तरलता फालाफाल, आइतबार ५५ अर्ब तान्दै राष्ट्र बैंक

नेपालखबर
भदौ १५, २०८२ आइतबार ११:५७, काठमाडौँ

दशैँ नजिकिँदै गर्दा पनि त्यसको असर बैंक तथा वित्तीय संस्थामा पर्नसकेको छैन। 

सामान्यता दशैँ नजिकिँदै जाँदा सर्वसाधारण तथा व्यवसायीहरुले बैंकहरुबाट पैसा निकाल्ने गर्छन्। यसले बैंकहरुको तरलतालाई घटाउने गर्छ। तर यसपटक भने दशैँ नजिकिसक्दा समेत बैंकहरुमा तरलता अधिक नै छ।

आइतबार पनि बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात ७६.७४ प्रतिशत छ। 

अधिक तरलता भएपछि राष्ट्र बैंकले पनि छोटो र लामो दुवै प्रकारका निक्षेप जारी गर्दै आएको छ। 

आइतबार पनि तरलता प्रशोचन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट ५५ अर्ब खिच्ने भएको छ।

बैंकले ५५ अर्ब रुपैयाँ २१ दिनका लागि निक्षेपमा राख्न बोलकबोल आह्वान गरेको हो। 

आइतबार नै राष्ट्र बैंकले निक्षेपबापतको ५० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुलाई फिर्ता गर्ने भएपछि तरलता व्यवस्थापनका लागि पुन ५५ अर्ब रकम खिच्न लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad