कारोबार


नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि समिति गठन

नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि समिति गठन

नेपालखबर
भदौ १२, २०८२ बिहिबार १८:३५, काठमाडौँ

नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन भएको छ।  

समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा खोमराज खरेल छन्। भदौ ९  गतेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको हो।

यही भदौ २ गते बसेको मन्त्रिपरिपरिषद् बैठकले प्राधिकरणका अध्यक्ष शरद ओझामाथि खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमता अभाव रहेको र पदीय जिम्मेवारी पालना नगरेको आधारमा बर्खास्त गरेको थियो।

त्यसपछि रिक्त पदपुर्तिका लागि सिफारिस समिति बनाइएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad