नेपालमा व्यावसायिक शिक्षा र रोजगारीको खाडललाई हटाउन इम्बार्क कलेजले दुईवटा महत्वपूर्ण कार्यक्रम घोषणा गरेको छ।
कलेजले व्यावहारिक सीप तालिम (अप्रेन्टिससिप) कार्यक्रम र नवप्रवर्तन (स्टार्टअप) क्षमता विकास कार्यक्रम गर्ने भएको हो।
यी कार्यक्रमहरुमार्फत नेपालका भविष्यका व्यावसायिक नेतृत्वहरू विकास गर्न, रोजगारी सुनिश्चित गर्न र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्य रहेको कलेजले जनाएको छ।
इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरले यो कार्यक्रमले स्नातकहरूले शैक्षिक जीवनपछि व्यावसायिक जीवनमा प्रवेश गर्दा हुने अनिश्चिततालाई अन्त्य गर्ने बताए।

‘हामीले व्यावसायिक शिक्षालाई प्रत्यक्ष उद्द्योगसँग जोडेर नेपालमा करियर-रेडी शिक्षाको नयाँ मापदण्ड स्थापित गरेका छौँ’, उनले भने।
यस अप्रेन्टिससिप कार्यक्रमले नेपालका प्रमुख तथा नवीन उद्योग र उद्यमहरू सँगको साझेदारीमार्फत योग्य स्नातकहरूलाई रोजगारी सुनिश्चित गर्ने उनको दाबी छ।
सहभागी कम्पनीहरूले संरचित तालिम आवश्यकताको मूल्याङ्कन (टीएनए) अनुसार रोजगारीको अवसर प्रदान गरिनेछ।

कलेजका अनुसार कार्यक्रमका विशेषताहरूमा पूर्वनियोजित संरचना, व्यावसायिक परामर्श, नियमित मूल्याङ्कन र दीर्घकालीन साझेदारी सम्झौता समावेश छन्, जसले उद्योगलाई दक्ष जनशक्ति र विद्यार्थीलाई सुनिश्चित करियर मार्गदर्शन दिन्छ।
इम्बार्क कलेजले सुरु गरेको स्टार्टअप क्षमता विकास कार्यक्रमले कानुनी रूपमा दर्ता भई १० वर्षभन्दा कम समय संचालन भएका तथा वार्षिक कारोबार १९ करोड भन्दा कम भएका नवप्रवर्तन व्यवसायहरूलाई लक्षित गरेको छ।

यस कार्यक्रमले नेपाल सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी नवप्रवर्तनशील व्यवसायहरुलाई सहयोग प्रदान गर्छ।
प्राथमिकता दिइने व्यवसायहरूमा नवप्रवर्तन, मापनयोग्यता र बजार प्रभाव भएका स्टार्ट अपहरू पर्छन्।
सीईओ ठाकुरका अनुसार, 'नेपालमा उद्यमशीलताको सम्भावना अपार छ, तर रणनीतिक स्रोतहरू सम्मको पहुँच सीमित छ। हाम्रो कार्यक्रमले नवप्रवर्तनलाई दीगो व्यवसायमा रूपान्तरण गर्न समय क्षमता विकासमा जोड दिन्छ।

यी दुई कार्यक्रमहरूले नेपाल सरकारको नीतिअनुरूप समृद्ध उद्यमशील पारिस्थितिक तन्त्र निर्माणमा टेवा पुऱ्याउने अपेक्षा गरिएको छ।
अप्रेन्टिससिप कार्यक्रमः उद्द्योगका लागि दक्ष जनशक्ति, विद्यार्थीका लागि सुनिश्चित रोजगारी।
स्टार्टअप कार्यक्रमः आयातमा निर्भरता घटाउँदै, स्वदेशी नवप्रवर्तन र प्रविधि क्षमताको विकास।
आवेदन प्रक्रिया

अप्रेन्टिससिप कार्यक्रमका लागिः
सीप मूल्याङ्कन
इम्बार्क कलेजको प्रमाणीकृत शैक्षिक तथा सीपमूलक कागजात
संरचित अन्तर्वार्ता मार्फत व्यावसायिक मूल्याङ्कन
स्टार्टअप कार्यक्रमका लागिः
कानुनी दर्ता प्रमाणपत्र र वित्तीय विवरण
नवप्रवर्तन दर्शाउने व्यवसाय योजना
परीक्षण समीक्षा

Shares

प्रतिक्रिया