बन्दीपुर केबलकार एन्ड टुरिज्म लिमिटेडले आजबाट सर्वसाधारणका लागि प्राथामिक सेयर (आइपीओ) मा आवेदन खुला गरेको छ।
कम्पनीले ४३ लाख ४१ हजार ८० कित्ता सेयरसहितको आईपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड को २०.७०६७ प्रतिशत अर्थात् ५८ लाख ६० हजार रकमबराबरको ५८ लाख ६६ हजार कित्ता सेयर निष्काशनको अनुमति पाएको थियो।
यसमा जारी पुँजीको २ प्रतिशत ५ लाख ६६ हजार आयोजना प्रभावितका लागि, १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीको लागि, वैदेशिक रोजगारीमा गएकाहरुका लागि ५ लाख २९ हजार ४ सय कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ६४ हजार ७ सय कित्ता सेयर बाँडफाँट गरिसकेको छ।
बाँकी रहेको ४३ लाख ४१ हजार कित्ता सेयरमा भने सर्वसाधारणका लागि आजबाट आवेदन माग गरेको हो। इच्छुक लगानीकर्ताले भदौ ११ देखि भदौ १५ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ।
आईपीओ निष्काशन गरेको यो कम्पनीको २०८१ चैत मसान्तसम्म प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ४१ पैसा छ भने प्रतिसेयर आम्दानी २ रुपैयाँ ८४ पैसाले नोक्सानीमा छ। यस्तै सञ्चित नोक्सान पनि १७ करोडले ऋणात्मक छ।
Shares

प्रतिक्रिया