आइतबार दिउँसो हङकङको चुनमुनमा निजी कार दमकलसँग ठोकिँदा पाँच अग्निनियन्त्रकसहित सात जना घाइते भएका छन्।
दिउँसो साढे ३ बजेतिर शेकपाई लाइट रेल स्टपनजिकै दुर्घटना भएको हो। मिङकुम रोड हुँदै लेङकिङ स्टेटतर्फ जाँदै गरेको कार आपत्कालीन गाडीसँग ठोकिन पुग्दा दमकल अनिन्त्रित भई पल्टेको स्थानीय मिडियामा उल्लेख छ।
फसेका अग्निनियन्त्रकहरूलाई गाडीबाट बाहिर निस्कन मद्दत गर्न दर्शकहरू पल्टिएको दमकलको इन्जिनमा चढेको देखिएको थियो।
कारको अगाडिको भागमा क्षति पुगेको छ।
51
Shares

प्रतिक्रिया