कारोबार


साउनमा निर्यात ९५.७५ प्रतिशतले बढ्यो

साउनमा निर्यात ९५.७५ प्रतिशतले बढ्यो

नेपालखबर
भदौ ८, २०८२ आइतबार १४:६, काठमाडौँ

चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामा नेपालको निर्यात ९५.७५ प्रतिशतले बढेको छ। 

गत वर्षको तुलनामा नेपालले सो दरले वस्तु निर्यात बढाएको हो। 

गत वर्ष नेपालले साउन महिनामा कुल १२ अर्ब २२ करोड ६१ लाख ४७ हजारको निर्यात गरेकोमा यस वर्ष २३ अर्ब ९३ करोड २४ लाख ४१ हजारको निकासी गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ। 

त्यसैगरी यस अवधिमा आयात ११.४२ प्रतिशतले बढेको देखिएको छ। गत वर्ष १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजारको आयात गरेको नेपालले यो वर्ष १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख ६९ हजारको आयात गरेको छ। 

यो अवधिमा नेपालको कुल वैदेशिक व्यापार समेत १८.७५ प्रतिशतले बढेको छ। गत वर्षको १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख ६८ हजारको तुलनामा साउनमा १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख ९ हजार रुपैयाँको बाह्य व्यापार भएको छ। 

यसमा व्यापारघाटा २.५५ प्रतिशतले बढेको छ। गत वर्ष साउनमा १ खर्ब १६ अर्ब १५ करोड ९ लाख ७४ हजारको व्यापारघाटा यसपालि १ खर्ब १९ अर्ब १० करोड ८२ लाख २८ हजार पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad