कारोबार


भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् किन्ने, कुल १०९०.९ मेगावाट निर्यातको अनुमति

भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् किन्ने, कुल १०९०.९ मेगावाट निर्यातको अनुमति

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १०:३०, काठमाडौँ

भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् खरिद गर्ने भएको छ। 

भारत सरकार नेपालका दुई जलविद्युत् आयोजनाबाट ८० मेगावाट विद्युत् खरिद गर्न सहमत भएको हो।

भारत सरकारले भदौ ५ गते नेपालका जलविद्युत् आयोजनाहरू मेवा खोलाबाट ४८.५ र करुवा सेती हाइड्रो पावरबाट ३१.०४ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको हो। 

यसअघि १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरी अब नेपालले कुल १०९०.९ मेगावाट विद्युत् भारत निर्यात गर्ने भएको छ।

बंगलादेशमा ४० र भारतमा १०९०.९ गरी नेपालले ११३०.९ मेगावाट विद्युत् विदेश निर्यात गर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad