कारोबार


नयाँ स्वास्थ्य बीमा ‘शिखर स्वास्थ्य सुरक्षा’ सुरु, २० लाखसम्मको बीमा गर्न सकिने

नयाँ स्वास्थ्य बीमा ‘शिखर स्वास्थ्य सुरक्षा’ सुरु, २० लाखसम्मको बीमा गर्न सकिने

नेपालखबर
भदौ २, २०८२ सोमबार १८:२४, काठमाडौँ

शिखर इन्स्योरेन्सबाट नयाँ स्वास्थ्य बीमा योजना “शिखर स्वास्थ्य सुरक्षा” को सुरुवात भएको छ।

मेडिसिटी अस्पतालमा सोमबार एक कार्यक्रमको आयोजना गरी शिखर स्वास्थ्य सुरक्षा बीमाको औपचारिक शुभारम्भ गरिएको हो।

व्यक्तिगत तथा परिवारका सम्पूर्ण सदस्यहरुको बीमा गर्न मिल्ने यस स्वास्थ्य बीमा योजनामा २० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्न सकिनेछ।

हाल नेपालको स्वास्थ्य बीमाको क्षेत्रमा सीमित रकमसम्मको मात्र बीमा सेवा प्राप्त भइरहेको परिप्रेक्ष्यमा शिखर स्वास्थ्य सुरक्षामार्फत २० लाख सम्मको बीमा गर्न सकिने भएकोले हालको बढदो स्वास्थ्य उपचार खर्चको लागि उत्तम विकल्पको रुपमा रहन जाने कम्पनीले जनाएको छ। 

यस स्वास्थ्य बीमामा शिखर इन्स्योरेन्ससंग आवद्ध रहेका नेपालका प्रतिष्ठित अस्पतालहरुमा भर्ना भई उपचार गराउँदा नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सकिनेछ भने बीमा कं रकमको १० प्रतिशत रकम (अधिकतम रु.१ लाख सम्म) को बहिरंग उपचारको समेत बीमा दाबी प्राप्त गर्न सकिनेछ।

नगदरहित स्वास्थ्य उपचार सेवा अन्तर्गत बिमितले अस्पताल भर्ना भई उपचार गराउँदा बीमा को रकम बराबरसम्मको उपचारको लागि बिमितले अस्पतालमा बिल भुक्तानी गर्नु पर्ने छैन, शिखर इन्स्योेरेन्सबाट सजिलै तथा सिधै अस्पताललाई नै बीमा दाबी भुक्तानी गरिनेछ।

नगदरहित उपचार सेवा प्राप्त गर्न सकिने भएकोले शिखर स्वास्थ्य सुरक्षामार्फत बिमितले झन्झट रहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछ। 

शिखर स्वास्थ्य सुरक्षामा अस्पताल भर्ना भई गरिने उपचारको लागि ३० दिनसम्मको प्रिहस्पिटलाइजेसन र ६० दिनसम्मको पोष्ट हस्पिटलाइजेसन खर्चको समेत बीमा दाबी पाइन्छ। अस्पताल भर्ना नभई गर्न सकिने उपचार अन्तर्गत १५० भन्दा बढी डे केयर उपचारको समेत बीमा सुरक्षण प्राप्त हुन्छ। साथै, भर्खर जन्मेका नवजात शिशुको समेत अस्पताल भर्ना भई गरिने उपचारको बीमा सुरक्षण प्राप्त गर्न सकिन्छ।  

यसका साथै शिखर स्वास्थ्य सुरक्षा बीमा अन्तगर्त दाबी नपरेको अवस्थामा बीमालेख नविकरण गर्दा नो क्लेम बोनस समेत प्राप्त हुने भएकोले दिर्घकालिन रुपमै यस बीमा योजनाबाट बिमित महानुभावहरुले लाभ प्राप्त गर्न सकिन्छ। 

यस बीमा सेवा नेपालमा बस्ने नेपालीको साथै नेपालमा बस्ने विदेशी नागरीकहरुले समेत प्राप्त गर्न सकिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad