कारोबार


सीएनआईका सभापति टण्डन र डेनमार्कका लागि राजदूत तुलाधरबीच नेपालमा वैदेशिक लगानी भित्र्याउन छलफल

सीएनआईका सभापति टण्डन र डेनमार्कका लागि राजदूत तुलाधरबीच नेपालमा वैदेशिक लगानी भित्र्याउन छलफल

नेपालखबर
भदौ १, २०८२ आइतबार १६:१२, काठमाडौँ

सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समिती (सीएनआई)का सभापति तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र डेन्मार्कस्थित नेपाली राजदूत सुम्निमा तुलाधरबीच भेटवार्ता भएको छ।

भेटमा विदेशी प्रत्यक्ष लगानी भित्र्याउनका लागि आवश्यक रणनीतिबारे छलफल भएको सीएनआईले जनाएको छ। 

साथै, उत्पादनशील क्षेत्रहरु र प्रविधि स्थानान्तरणमा रेमिट्यान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहरूको स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आध्यात्मिक रिट्रीटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने बिषयमा छलफल भएको थियो।

सीएनआईका अनुसार डेन्मार्कमा बसोबास गर्दै आएका नेपाली प्रवासीहरूको समस्या समाधान तथा हकहितको संरक्षण साथै डेन्मार्कमा नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्ने प्रभावकारी योजनामा पनि दुवै पक्षबीच विचार विमर्श भएको थियो। डेन्मार्कमा रहेको नेपाली मिसन र सीएनआई बीचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad