कारोबार


सुस्ताउँदै नेप्से, झर्दै कारोबार रकम

सुस्ताउँदै नेप्से, झर्दै कारोबार रकम

नेपालखबर
साउन २८, २०८२ बुधबार १६:५५, काठमाडौँ

सेयरबजार पुनः सुस्ताउन थालेको छ। सूचक र कारोबार रकम झर्न थालेका हुन्। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार पनि नेप्से १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा झरेको छ भने कारोबार रकम पनि ६ अर्ब १६ करोडमा खुम्चिएको छ। 

डेढ करोड कित्ता मात्र बिक्री भएको दिन ८९ वटा सेयरको मूल्य बढ्यो भने १५९ वटाको घट्यो। बढेका सेयरहरुको वृद्धिदर पनि अधिकतम ५.७४ प्रतिशतसम्म मात्र छ। तर घटेकाको गिरावटदर ९.४८ प्रतिशतसम्म छ। 

उच्च परिमाणमा कारोबार हुने गरेकामा बुधबार सर्वाधिक कुनै कम्पनीको ३४ करोडसम्म मात्र कारोबार भएको छ। 

त्यसो त ५० खर्ब छोएको बजार पुँजीकरण नै घटेर ४६ खर्बमा झरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad