कारोबार


महासंघले धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाललाई पठायो

महासंघले धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाललाई पठायो

नेपालखबर
साउन २८, २०८२ बुधबार १४:३२, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन) को सस्यमा नियुक्त भएका छन्।

उनलाई महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको तर्फबाट सेबोन सदस्यका रुपमा मनोनयन गरी पठाएका हुन्।

नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा भएको व्यवस्थाअनुरुप उनी सेबोनको सदस्यमा नियुक्त भएका छन्।

ऐनमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि नेपाल धितोपत्र बोर्ड (सेबोन) को सदस्य हुने व्यवस्था छ। ढकालले सेबोनमा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने महासंघले जनाएको छ।

सेबोन सदस्य नियुक्त भएपश्चात ढकालले पुँजीबजारलाई राष्ट्रिय अर्थतन्त्रको दिगो स्रोतको रूपमा विकसित गर्न निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यलाई सुदृढ बनाउने आफ्‌नो प्राथमिकतामा रहने बताए।

यस्तै उनीले बोर्डको सदयका हैसियतले पुँजीबजारको विकासका लागि आफू प्रयत्नशील रहने बताए।

यस्तै सेयर बजारको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि, लगानीकर्ता संरक्षण, बजारको पहुँच विस्तार र दीर्घकालीन लगानीलाई प्रोत्साहन दिने नीतिगत तथा संस्थागत पहलमा आफूले सक्दो योगदान दिने नवनियुक्त सदस्य ढकालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad