नेपाल वायुसेवा निगमका २ जहाज चीनको ग्वान्झाउ जाँदै छन्। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि आवश्यक सामग्री लिन सरकारले जहाज पठाउनलागेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राज कुमार क्षेत्रीले बिहीबार साँझ २ वटा जहाज चीन जाने बताए।
‘काठमाडौं–ग्वान्झाउ–काठमाडौं निगमका दुई उडान हुँदै छन्’, प्रवक्ता क्षेत्रीले भने, ‘एउटा साँझ ५ः४५ को उडान रहेको छ भने अर्को ६ः०५मा उड्नेछ।’
क्षेत्रीका अनुसार ए ३३२ जहाजले उडान भर्दै छन्।
नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले स्वास्थ्य सामग्री लिन चार्टर्ड जहाज जान लागेको बताइन्।
‘स्वास्थ्य सामग्री लिनको लागि चार्टर्ड जहाज जाँदै छ’, उनले भनिन्, ‘यसअघि पनि निगमका दुई जहाजले चीनबाटै स्वास्थ्य सामग्री ल्याएका थिए।’
लकडाउनपछि निगमका पाँच जहाजले चार्टर्ड उडान भरिसकेका छन्। अष्ट्रेलिया, जापान र दिल्लीमा प्यासेन्जर चार्टर्ड उडान भएका थिए।
चीनको ग्वान्झाउमा यसअघि दुई र बिहीबार दुई गरी चार चार्टर्ड उडान पूरा हुँदै छ। चीन उडान भर्ने सबै जहाज स्वास्थ्य सामग्री लिनको लागि गएका हुन्।
प्रतिक्रिया