यो साताको पहिलो कारोबार सुरु हुनासाथ उचालिएको बैंकिङ क्षेत्र दिनभर सम्हालिन नसक्दा बजार समग्रमा राताम्मे भएर बन्द भएको छ।
काराबोर खुलेको २३ अंकले बढेको नेप्से त्यसपछि निरन्तर घट्दा अन्तमा २७.९० अंकले गिरावटसँगै बन्द भएको हो।
काराबारको सुरुवातमा वाणिज्य बैंकको सूचक बढेको थियो। बैंकिङ सेक्टर बढ्न थालेसँगै बजारले उकालो यात्रा गर्ने लगानीकर्ताको अपेक्षाविपरीत अन्तमा म्युचुअल फन्डबाहेकका सबै समूहका सूचक घटेका हुन्।
समग्रमा सोमबार नेप्से सूचक २७.९० अंकले घटेर २८२२.४६ अंकमा बन्द भएको छ। यस्तै लगानीकर्ताले यो दिन कुल १० अर्ब २१ करोडको सेयर कारोबार गरेका छन्।
राताम्मे बजारमा कारोबारमा आएकामध्ये ३० वटाको मात्रै मूल्य बढ्दा बाँकी २२० वटा कम्पनीको मूल्य घटेको हो।
मूल्य बढ्ने ३० कम्पनीमध्ये रिभरफल्स पावर अगाडि छ। कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा अन्यको भने सामान्यले मात्रै मूल्य बढेको छ।
यस्तै घट्नेमा भने उन्नति सहकार्य लघुवित्त, लिबर्टी इनर्जीलगायतका कम्पनी छन्। यिनीहरुको सबैभन्दा धेरै मूल्य घटेको छ। दुवैको ७ प्रतिशतले मूल्य घट्दा अन्यको सामान्यले मात्रै मूल्य घटेको छ।
यस्तै आज कारोबारमा भने शिवम् सिमेन्ट अगाडि छ। यो कम्पनीको कुल ५३ करोडको कारोबार भएको हो।
Shares

प्रतिक्रिया