उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको अभाव भएर राज्यले पूर्वाधार आयोजनामा लगानी गर्न नसकेको बताएका छन्।
अर्थ समितिमा सोमबार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा उनले पूर्वाधारमा लगानी गर्न स्रोत नभएका कारण राज्यले वैकल्पिक वित्तको कानुन ल्याउन खोजेको बताए।
उनकाअनुसार आयोजना छनोटका लागि, ट्रेजरी बाहिरबाट स्रोत जुटाउन र कार्यान्वयन गर्नका लागि यो कानुनले महत्वपूर्ण हुनेछ। प्रतिफल दिने योजनामा निजी क्षेत्रबाट समेत लगानी जुटाउन यो कानुन महत्वपूर्ण हुने पौडेलको भनाइ छ।
‘अहिले राज्यले पूर्वाधारमा लगानी गर्नसक्ने अवस्था रहेन, हामीलाई स्रोतको ठूलो दवाव भयो त्यसैले प्रतिफल दिने आयोजनामा ट्रेजरी भन्दा बाहिरबाट स्रोत जुटाउन यो विधेयक ल्याइएको हो,’ उनले भने, ‘वैकल्पिक स्रोतमार्फत पूर्वाधारहरुमा लगानी जुटाएर ठूला आयोजनाहरू अघि बढ्न सघाउ पुग्नेछ।’
Shares

प्रतिक्रिया