कारोबार


एकल अंकले घट्यो नेप्से, कारोबार पनि ७ अर्बमा सीमित

एकल अंकले घट्यो नेप्से, कारोबार पनि ७ अर्बमा सीमित

नेपालखबर
साउन २१, २०८२ बुधबार १६:१७, काठमाडौँ

बुधबार पनि सेयर बजार परिसूचक (नेप्से) परिसूचक एकल अंकले घटेर बन्द भएको छ। 

मंगलबार ४१ अंकले घटेको नेप्से बुधबार पुन: १.९४ अंकले घट्न पुगेको हो। 

यो दिन सूचक अधिकतम २८५६ अंकमा पुग्यो भने न्युनतम २८२६ अंकसम्म ओर्लिन पुग्यो। अत्यतिर आइपुग्दा भने बजार २८३२.०६ अंकमा पुगेर बन्द भएको हो।
 
सुरुवातमा हरियाली छाए पनि अन्त्यतिर राताम्मे बनेको बजारमा लगानीकर्ताले कारोबारमा प्राथामिकतामा राखेनन्। जसले गर्दा मंगलबार ९ अर्ब १५ करोडको कारोबार गरेका लगानीकर्ताले बुधबार ७ अर्ब ४६ करोडको मात्रै कारोबार गरे।

यो दिन लगानी समूह, लघुवित्त र अन्य समूहको उपसूचक सामान्यले बढ्दा बाँकी सबै समूहको उपसूचक घटेर राताम्मे बनेका छन्। राताम्मे बनेको बजारमा कारोबारमा आएका १३८ वटा कम्पनीको मूल्य घट्न पुगेको छ भने ११२ वटाको मूल्य सामान्यले बढेको छ। जसमा वीन लघु नेपाल लघुवित्त, महुली लघुवित्त र ट्रेड टावरको मूल्यमा सकारात्मक सर्किट लाग्यो भने अन्यको मूल्यमा सामान्य वृद्धि देखिन पुग्यो। 

यता घट्नेमा भने थ्री स्टार हाइड्रो अगाडि छ । यो कम्पनीको मूल्यमा ३.७८ प्रतिशतले कमी आउँदा अन्य १३७ वटा कम्पनीको सेयरमूल्य सामान्यले मात्रै घटेको हो।

कारोबारमा भने आज ङादी ग्रुप पावर कम्पनीको सर्बाधिक कारोबार भएको छ । यो कम्पनीको २९ करोडको कारोबार हुँदा हिमालयन रि इन्स्योरेन्सको २८ करोडको कारोबार भएको हो । 

गत साउन १३ गते ३ हजार २ अंकमा बन्द भएको नेप्सेले सोही दिन ३०२८ अंकसम्म पुगेर फर्किएको थियो । झण्डै एक बर्षपछि बजारले ३ हजार पार गर्दै गर्दा लगानीकर्ताले कारोबारलाई पनि बढाएर अधिकतम २५ अर्बसम्मको कारोबार गरेका थिए। तर बजारले ३ हजार पार गरेसँगै लगानीकर्ता नाफा बुक गर्न लाग्दा सूचकले सोही अंकमा टिकिरहन सकेन । फलत सोही दिनदेखि बजार निरन्तर ओरालो लागिरहेको छ। 

पछिल्लो ६ कारोबार दिनमा नेप्से एक दिन बाहेक पाँच दिन नै घटेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad