कारोबार


‘लोडसेडिङ’ तालिका सार्वजनिक गर्दा सरुवा

‘लोडसेडिङ’ तालिका सार्वजनिक गर्दा सरुवा

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठ


नेपालखबर
साउन २१, २०८२ बुधबार ११:४६, काठमाडौँ

केही दिनअघि ‘लोडसेडिङ’ तालिका सार्वजनिक गरेपछि रुष्ट नेपाल विद्युत् प्राधिकरणले चितवनस्थित चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा गरेको छ। 

श्रेष्ठले गत साउन १० गते लोडसेडिङकै झल्को दिने गरी विद्युत् आपूर्ति कट्टौती गर्ने सूचना जारी गरेका थिए। त्यसपछि देशमा फेरि लोडसेडिङ सुरु भएको भनी विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको आलोचना भएको थियो। 

यसपछि अहिले चनौली वितरण प्रमुख श्रेष्ठलाई प्राधिकरणले पूर्वी नवलपरासीको सदरमुकाम कावोसाती सरुवा गरेको हो।

कर्मचारी सेवा सर्त विनियमावली २०७५ को विनियम ४९ को उपविनियम १ को खण्ड (ग) बमोजिम उनलाई वितरण तथा ग्राहक सेवा निर्देशानालयअन्तर्गत कावासोती वितरण केन्द्रमा सरुवा गरिएको प्राधिकरणले जनाएको छ। 

श्रेष्ठले लोडसेडिङ तालिका सार्वजनिक गरेपछि विद्युत् प्राधिकरणका प्रमुख शाक्य साउन १२ गते चितवन पुगेका थिए। तर त्यतिबला चनौली वितरण केन्द्रका प्रमुख श्रेष्ठ कार्यालयमा थिएनन्। 

त्यसपछि कार्यकारी निर्देशक शाक्यले अन्य इन्जिनियरसँग विद्युत् आपूर्तिको अवस्थाबारे जानकारी लिएर फर्किएका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad