कारोबार


म्याग्नेसाइट उद्योग सञ्चालन गर्ने/नगर्ने निर्णय डीडीए प्रतिवेदनका आधारमा गर्छौंः उद्योगमन्त्री भण्डारी

म्याग्नेसाइट उद्योग सञ्चालन गर्ने/नगर्ने निर्णय डीडीए प्रतिवेदनका आधारमा गर्छौंः उद्योगमन्त्री भण्डारी

नेपालखबर
साउन २०, २०८२ मंगलबार १६:१४, काठमाडौँ

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले डीडीए अध्ययन प्रतिवेदनको आधारमा दोलखाको खरिढुङ्गास्थित म्याग्नेसाइट उद्योग सञ्चालन गर्ने/नगर्ने निर्णय हुने बताएका छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। नेपाल ओरेन्ट म्याग्नेसाईट प्रालि सञ्चालनका सम्बन्धमा गरेको प्रश्नमा मन्त्री भण्डारीले यस्तो जवाफ दिएका हुन्। 

नेपाल ओरेन्ट म्याग्नेसाइट प्रालि लगायतका प्रतिष्ठानहरूको अवस्था विश्लेषण गरी भावी कार्यदिशा निर्धारण गर्नको लागी मन्त्रालयले विभिन्न मितिमा अध्ययनक कार्यदल गठन गरेको बताए। उक्त कार्यदलबाट प्राप्त प्रतिवेदनको आधारमा आवश्यक कारबाही अगाडी बढाउने उनको भनाइ छ। 

मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको बैठकले नेपाल ओरेन्ट म्याग्नेसाईट प्रालि लगायतका सात वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृती प्रदान गर्ने निर्णय गरेको जानकारी गराउँदै उनले सोही बमोजिम अर्थ मन्त्रालयबाट डीडीए गर्न अध्ययन टोली गठन गरिएको जानकारी दिए। डीडीए अध्ययन प्रतिवेदन सहितको विश्लेषको आधारमा उपयुक्त विकल्प चयन गरी उद्योग सञ्चालन गर्ने योजना रहेको उनको भनाई छ। 

उनले भने, ‘मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको बैठकबाट नेपाल ओरेन्ट म्याग्नेसाईट प्रा।लि। लगायतका सात वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृती प्रदान गर्ने निर्णय भए बमोजिम अर्थमन्त्रालयबाट डिडिए गर्न अध्ययन टोली गठन गर्ने कार्य अघि बढाईएको छ। डीडीए अध्ययन प्रतिवेदन सहितको विश्लेषको आधारमा उपयुक्त विकल्प चयन गरी सञ्चालन गर्ने योजना गरेको छ।’ 

उनले रुग्ण प्रतिष्ठानहरुमा भएको सरकारी लगानी व्यवस्थापन गर्नको लागि मन्त्रालयले २०८० माघ २५ गते अर्थम न्त्रालय मार्फत सरकारी लगानी समितिलाई पत्राचार गरिसकेको समेत जानकारी दिए।

मन्त्रालयले विभिन्न मितिमा बन्द अवस्थामा रहेका प्रतिष्ठानहरुको पुनःसञ्चालन सम्बन्धी प्रस्तुतीकरण सहितको छलफल पनि सञ्चालन गरिरहेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad