कारोबार


उपत्यकाको यातायात व्यवस्थापनमा निर्णायक कदम चाल्ने बेला भयो: मन्त्री दाहाल

उपत्यकाको यातायात व्यवस्थापनमा निर्णायक कदम चाल्ने बेला भयो: मन्त्री दाहाल

नेपालखबर
साउन १८, २०८२ आइतबार १२:४८, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनका लागि निर्णायक कदम चाल्ने बेला भएको बताएका छन्। काठमाडौँ उपत्यका संघीय राजधानी एवम् सांस्कृतिक विविधता र सम्पन्नतायुक्त क्षेत्र भएकाले यहाँको यातायात व्यवस्थापनलाई सहज र सुविधायुक्त बनाउनु पर्ने उनको भनाइ थियो। 

आइतबार ललितपुरमा आयोजित काठमाडौँ उपत्यका शहरी यातायात प्रणाली गुरुयोजना परियोजनाको रणनीतिक वातावरणीय मूल्यांकन सम्बन्धित सरोकारवालाको बैठकलाई संवोधन गर्दै उनले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा समेटिएको काठमाडौं उपत्यका नेपालको आर्थिक, सांस्कृतिक र प्रशासनिक गतिविधिको केन्द्र रहे पनि यहाँको यातायात प्रणाली निकै दबाबमा बताएका हुन्। 

सन् २०१२ मा बनेको र सन् २०१७ मा अद्यावधिक गरिएको पछिल्लो गुरुयोजना यता यातायातको अवस्था निकै बिग्रिएको र बढ्दो सवारी साधन, अव्यवस्थित शहरीकरण र अपर्याप्त पूर्वाधारका कारण गम्भीर ट्राफिक जाम, ढिलाइ र वायु प्रदुषण बढेको मन्त्री दाहालको ठम्याइ छ।

यसले गर्दा दैनिक यातायातलाई मात्र होइन, आर्थिक उत्पादकत्व र जनस्वास्थ्यलाई पनि प्रभावित पारि रहेकाले यसको व्यवस्थापनमा ढिलाई गर्न नहुने उनको भनाइ छ।

'यदि हामीले अहिले पनि  निर्णायक कदम नचाले भने, अवस्था थप बिग्रनेछ, जसले उपत्यकाको बस्नयोग्यता र दिगोपनलाई खतरामा पार्नेछ, ' उनले भने, 'यो परियोजना छोटो र दीर्घकालीन समाधानहरू खोज्ने हाम्रो अन्तिम अवसर हुन सक्छ।’ 

कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले उपत्यकाको यातायात व्यवस्थापनका लागि गर्नुपर्ने सहयोग र समन्वयका लागि मन्त्रालय तयार रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad