नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास आईटी) ले आफ्नो आधिकारिक साइबर सुरक्षा समिति गठन गरेको छ।
यस समितिको स्थापना नेपालको डिजिटल क्षेत्रलाई उच्च स्तरको सुरक्षित, सुदृढ र भविष्यका लागि तयार बनाउन सहयोग पुर्याउने उद्देश्यले गरिएको हो।
यस समितिमा साइबर सुरक्षा विज्ञहरू र नास आईटी सदस्य कम्पनीहरूका प्रतिनिधिहरू संलग्न छन्। समितिका सदस्यहरूको सामूहिक लक्ष्य नेपालमा साइबर सुरक्षालाई सुधार गर्नु हो। नास आईटी बोर्डअन्तर्गत सञ्चालन हुने यो समितिले निजी क्षेत्र र बृहत् प्राविधिक समुदायभित्र व्यावहारिक र महत्त्वपूर्ण गतिविधिहरू को नेतृत्व गर्नेछ।
समितिका सदस्यहरुमा विजय लिम्बु सेनिहाङ – भैरव टेक्नोलोजी सेक्युरिटी प्रा. लि. (समितिका प्रमुख), घनश्याम ओली – बिज सर्भ आईटी, प्रज्वल गौतम – एमिनेंस वेज प्रा. लि., रोशन पोखरेल – लगपोइन्ट प्रा. लि. र सम्पन्न श्रेष्ठ – जेनेस सोलुसन प्रा. लि. रहेका छन्।
त्यसैगरी सल्लाहकारहरूमा अभय पौडेल, दिपेन चापागाईं र नारायण कोइराला रहेका छन्।
Shares

प्रतिक्रिया