कारोबार


कोरोना उपचार कोषमा आइक्यानको एक करोड सहयोग

कोरोना उपचार कोषमा आइक्यानको एक करोड सहयोग

नेपालखबर
बैशाख २, २०७७ मंगलबार १६:२०,

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ।

आइक्यान अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार उक्त सहयोग रकम आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईमार्फत सरकारलाई हस्तान्तरण गरिएको हो। आइक्यान परिषद्को गत चैत ३० गते बसेको ‘भर्चुअल’ बैठकले कोराना कोषमा उक्त सहयोग गर्ने निर्णय गरेको थियो।

परिषद बैठकले चालु आव र आगामी आवको वैदेशिक भ्रमण नियन्त्रण र अन्य खर्च कटौती गर्नेसमेत निर्णय गरेको छ। कमजोर आयस्रोत भएका तथा कोरोना भाइरसको प्रभावले विद्यार्थीलाई पर्न सक्ने आर्थिक समस्यालाई सम्बोधन गर्न नियमित छात्रवृत्तिबाहेक थप राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ। ‘यसबाट कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई केही राहत पु¥याउने हाम्रो विश्वास छ’, आचार्यले भने।

यसैबीच आइक्यानले कोरोना भाइरसको प्रभावले लेखा व्यवसायमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न प्राविधिक समिति बनाउने निर्णय गरेको छ। कोरोना भाइरसको प्रभावपछि व्यावसायिक परामर्शमा विशेष ध्यान दिनुपर्ने देखिएकाले त्यसको रणनीति तयार गर्न प्राविधिक समिति बनाउन लागिएको आचार्यले जानकारी दिए। लेखा व्यवसाय र लेखा तथा लेखापरीक्षणमान कार्यान्वयनमा पर्ने प्रभावका विषयमा पनि समितिले अध्ययन गर्नेछ।

यस्तै, आइक्यानले ‘अनलाइन लर्निङ प्लेटफर्म’ तयार गरी भर्चुअल टे«निङका साथै विद्यार्थीका लागि ‘भर्चुअल’ कक्षा व्यवस्थापन भएको छ। भविष्यमा पनि यसरी नै तालिम तथा विद्यार्थीलाई कक्षा सञ्चालन गर्नसक्ने गरी व्यवस्थापन गर्न लागिएको आइक्यानको तयारी छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad