नेपाल विद्युत प्राधिकरणको आपूर्ति प्रणालीको स्विचमा नै चट्याङले असर गर्दा मंगलबार बेलुका देशभर विद्युत आपूर्ति अवरोध भएको छ।
तर विद्युत गएको २६–२७ मिनेटको अन्तरमा सबै स्थानमा विद्युत पुन सुचारु भैसकको प्रधिरकणले जानकारी दिएको छ।
प्राधिकरणका निर्देशक प्रवल अधिकारीले नेपालखबरसँग कुरा गर्दै देशभरको वितरण स्विच एकएक गरेर अन गर्नुपर्ने भएकोले समय लागेको जानाकारी दिए।
एकैचोटी परेको चट्याङले प्राधिकरणको प्रणालीमा देशका विभिन्न ठाउँमा असर गरेको थियो। त्योसँगै केन्द्रीय स्वीच पनि अफ भएको र सबैठाउँका स्वीचहरु एकएक गरी अन गर्नुपरेको उनले बताए।
चट्याङका कारण आफ्नो प्रणालीमा ठूलो क्षति नभएको प्राधिरणकले आँकलन गरेको छ। क्षतिकाे विस्तृत विवरण संकलन भैरहेको उनले बताए।
मंगलबार साँझ करिव ८ः३० बजेपछि देशभर एकसाथ बिजुली गएको थियो। हावाहुरी र चट्याङले देशभरको विद्युत वितरणको स्विचमा असर गरेको थियो।

प्रतिक्रिया