कारोबार


चार वर्षयताकै नयाँ उचाइमा नेप्से, अबको लक्ष्य ३२ सय

चार वर्षयताकै नयाँ उचाइमा नेप्से, अबको लक्ष्य ३२ सय

नेपालखबर
साउन १३, २०८२ मंगलबार १५:४५, काठमाडौँ

मंगलबार नेप्सेले चार वर्षयताको नयाँ रेकर्ड कायम गरेको छ।

२०७८ भदौ ३ गते ३२ सय पुगेको नेप्से गत वर्ष ३०३६ अंकसम्म उक्लिए पनि सोही अंकमा टिक्न भने सकेको थिएन। जसले गर्दा ३ हजारमै बन्द भएको नेप्सेले सोभन्दा माथिको यात्रा गर्न सकेको थिएन।

मंगलबार भने बजारमा सूचकले ३०२७ को अधिकतम विन्दु चुम्दै ३००२ अंकमा बन्द भएको हो। चार वर्षपछि ३ हजार माथि बन्द भएको हो।

मंगलबार नेप्से सूचक ३०.७६ अंकले बढेर ३००२.०७ अंकमा बन्द भएको छ। २०७८ भदौ ३ गते ३२२६ अंकमा पुगेको ३२०८ मा पुगेर बन्द भएको थियो । नेप्से त्यसयता ३ हजारमाथि पुगे पनि त्यही अंकमा अडिन सकेको थिएन।

योबीचमा ३ हजार माथि पुगेर पनि नेप्से २९ सयमै बन्द हुँदै आएकोमा मंगलबार भने ३००२ मा बन्द हुन पुगेको हो। यसले ३ हजारको चार वर्षयताको पर्खाललाई सूचकले भत्काएको देखिएको हो।

मंगलबार नेप्सेले अधिकतम ३०२७ अंक चुम्न सफल भए पनि त्यसयताको उतारचढावले सोही अंकमा टिकिरहन भने सकेन। १२ बजेर १८ मिनेटमा ३०२७ मा पुगेको नेप्से २ बजे २९ मिनेटमा तल्लो विन्दु २९९१ मा पुगेको थियो। 

अन्तिम समयमा सूचक पुनः सम्हालिएर अगाडि बढ्दा नेप्से ३ हजारमाथि नै बन्द हुन सफल भएको हो। 

यस्तै यो दिन लगानीकर्ताले कारोबार पनि १८ अर्बको गरेका छन्। 

मंगलबार अन्य समूह, बैंकिङ र लघुवित्त समयहूहरु तुलनात्मक रुपमा धेरैले बढेका छन्। अन्य समूहको उपसूचक २.६९ प्रतिशतले बढ्दा बैकिङ समूहसहितका चार समूहको सूचक १ प्रतिशतभन्दा माथिले बढेका हुन्। यो दिन विकास बैंक र फाइनान्स समूहको सूचक भने करेक्सनमा जाँदा राताम्मे भएका छन्। 

बढेको बजारमा कारोबारमा आएका ३२१ कम्पनीमध्ये १७६ कम्पनी कमाउनेको सूचीमा देखिएका छन्। यो दिन चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको हो। सर्किट लाग्नेमा मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्त छन्। ट्रेड टावर र सान्भी इनर्जीको भने दोस्रोबजारमा सेयर सूचीकृत भएयता निरन्तर मूल्यमा सकारात्मक सर्किट लाग्दै आएको छ। 

यता घट्नेमा भने आज समता घरेलु लघुवित्त अगाडि छ। यो कम्पनीको मूल्य ८.६० प्रतिशतले घट्दा विन्दवासिनी हाइड्रोको मूल्य २.०३ अंकले घटेको हो। योबाहेकका ७२ कम्पनीको मूल्य भने सामान्यले मात्रै घटेका छन्।

यस्तै कारोबारमा भने आज हिमालयन डिस्टिलरी अगाडि छ। यो दिन ६४ करोडको कारोबार लगानीकर्ताले गरेका हु्न्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad